You are viewing the translated version of खर्च तथा आम्दानीहरुको बाँडफाँटबाट हुने निसर्ग.

Section 49
खर्च तथा आम्दानीहरुको बाँडफाँटबाट हुने निसर्ग
(१) कुनै व्यक्तिले देहाय बमोजिमको अवस्थामा कुनै सम्पत्ति वा दायित्व प्राप्त गर्दा, वहन गर्दा वा निसर्ग गर्दा गरिएको खर्च वा आम्दानीहरु अवस्थानुसार प्राप्ति, वहन वा निसर्गको समयमा बजार मूल्यको आधारमा सम्पत्ति र दायित्वहरु बीच बाँडफाँट गर्नु पर्नेछ:-

(क) (एकै समयमा एक वा बढी सम्पत्ति प्राप्त गरेमा वा एक वा बढी दायित्व ग्रहण गरेमा, वा

(ख) एकै समयमा एक वा बढी सम्पत्ति वा दायित्व निसर्ग गरेमा ।

(२) कुनै सम्पत्तिको स्वामित्व धारण गर्ने वा दायित्व वहन गर्ने व्यक्तिले सो सम्पत्ति वा दायित्वको कुनै भाग निसर्ग गरेमा सो निसर्गको तत्काल अघिको सो सम्पत्ति वा दायित्वको खुद खर्च वा खुद आम्दानीहरुलाई निसर्ग गरिएको सम्पत्ति वा दायित्वको भाग र बाँकी रहेको भागमा अवस्था अनुसार निसर्गको तत्काल पछिको सोको बजार मूल्यको आधारमा बाँडफाँट गर्नु पर्नेछ ।